रिबन

चीनमा फेरि बढ्यो कोरोना संक्रमण, सिजियाचुवाङ सहर लकडाउन

काठमाडौं । एक वर्षअघि चीनको वुहान सहरबाट कोरोना भाइरस संसारभर फैलिएको मानिँदै आएको छ । कोरोनाले अमेरिका, युरोप र एसियाका सयौं देश प्रभावित बनेका छन् ।

तर, चीनमै भने त्यति धेरै क्षति हुन पाएन । चीन सरकारले अहिलेसम्म करिब पाँच हजारको मृत्यु भएको जनाएको छ । संक्रमितको संख्या पनि ९७ हजारभन्दा नाघेको छैन । वुहान अहिले कोरोनामुक्त भइसकेको छ । तर, चीनका अन्य सहरमा कोरोना संक्रमण फैलिन थालेको छ ।

बुधबार सिजियाचुवाङ सहरमा ५० जनामा कोरोना पुष्टि भएपछि चीनले पूर्ण लकडाउन गरेको छ । सो सहरमा एक करोड तीन लाख ९० हजार जनसंख्या रहेको चिनियाँ डेलीले जनाएको छ ।
सहरका सबै नागरिकको परीक्षण होस् भनेर पाँच हजारभन्दा बढी परीक्षण केन्द्र तयार पारिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

सिजियाचुवाङ गाओचेङ डिस्ट्रिक्टका नागरिकलाई आफ्नो स्थानीय क्षेत्रभन्दा बाहिर जान रोक लगाइएको छ । बिहीबार दिउँसोसम्मको तथ्यांकअनुसार सिजियाचुवाङमा ६० लाखभन्दा बढीको नमुना संकलन गरिएको छ । त्यसमध्ये २४ लाखको परीक्षण भइसकेको र ११ जनामा कोरोना पोजिटिभ देखिएको पनि चाइना डेलीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *