रिबन

संसद् विघटनपछि पहिलोपटक उपत्यकाबाहिर जाँदै प्रम ओली, सुरुवात धनगढीबाट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज धनगढी जाँदै छन्। प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधि सभा भंग गरेपछि पहिलोपटक उपत्यका बाहिर जान लागेका हुन् ।

यसअघि काठमाडौंमै आफ्नो पक्षका भेलामा सम्बोधन गरेका ओली अब भने देशका अन्य भूभागमै गएर आफ्ना कार्यकर्ताको भेलामा सहभागी हुन लागेका हुन् । नेपाल कम्युनिस्ट पार्टी (ओली पक्ष)को सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा हुने जनसभालाई सम्बोधन गर्न उनी धनगढी जान लागेका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओली आज धनगढी जाने उल्लेख गरेका छन्। धनगढीमा हुने पार्टी कार्यक्रममा प्रमुख वक्ताका रूपमा प्रधानमन्त्री ओली जान लागेका छन्। ५० हजार कार्यकर्ता भेलामा उतार्ने नेकपा ओल पक्षले जनाएको छ । भेला सफल बनाउन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी, वन तथा वातावरणमन्त्री प्रेम आले र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्ना चार दिनेदेखि धनगढीमा खटिएका छन्।

प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधि सभा भंग गरेपछि नेकपाभित्र विवाद चुलिएको थियो। ओली पक्ष र दाहाल- नेपाल पक्षमा विभाजित नेकपा भित्र आफ्ना गुटलाई सम्बोधन गर्दै विभिन्न भेलाहरु गरिरहेका छन् । प्रधानमन्त्री ओली नेतृत्वको दलले बुधबार सुदुरपश्चिमका ईञ्चार्ज भीम रावललाई कारवाही सिफारिस गर्दै प्रदेश कमिटी विस्तार भएको थियो। सुदुरपश्चिममा राम्राे पकट भएका रावललाइ दाहाल- नेपाल पक्षमा लागेका भन्दै कारबाही गरिएपछि अाेली अाफै सुदुरपश्चिम पुगेर राजनितिक माहाेल सुर्धाने प्रयासमा छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *