शिक्षा / स्वास्थ्य

नेपालमा कोरोना संक्रमित दुई लाख ६३ हजार ६०५ पुगे, मृतकको संख्या १९ सय नाघ्याे

२४ घण्टामा ४१२ संक्रमित थपिए,४ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ४१२ जना कोरोना संक्रमित थपिएका छन भने ४८३ जना संक्रमित कोरोनामुक्त भएका छन । ४ जना संक्रमितको निधन भएको छ ।

५ हजार १३२ सय जनाको पीसीआर परिक्षण गर्दा ४१२ जनामा कोरोना पुष्टि भएको हो । जसमध्ये २३०पुरुष र १८२ महिला छन । यो संगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ६३ हजार २५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा ३४.९१ प्रतिशत महिला र ६५.०९ प्रतिशत पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

हालसम्म २ लाख ५६ हजार ६४४ जना संक्रमित निको भइसकेका छन । नेपालमा कोरोना संक्रमित निकोहुने दर ९७.४ प्रतिशत छ । मुलुकभर ५ हजार ५८ जना सक्रिय सक्रमितमध्ये १ हजार ५६१ जना संक्रमित होम आइसोलेशनमा छन । क्वारेन्टाइनमा भने ३४२ जना छन ।

गत २४ घण्टामा ४ जना संक्रमितको मृत्यु भएको छ । योसंगै नेपालमा मृतकको संख्या १९०३ पुगेको छ । १८४ जना आसीयुमा र ३२ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन ।
नेपालमा आरटी–पीसीआर विधिबाट १९ लाख ६९ हजार २९२ जनाको परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौं जिल्लामा सक्रिय संक्रमितको संख्या पाँच सयभन्दा बढी छ भने मुगु कोरोना संक्रमण मुक्त जिल्ला बनेको छ ।

उपत्यकामा कति संक्रमित थपिए ?
सोमवार काठमाडौं उपत्यकामा २५१ जना कोरोना संक्रमित थपिएका छन । जसमध्ये १११ जना महिला र १४० जना पुरुष छन । काठमाडौंमा १९८, ललितपुरमा २८ र भक्तपुरमा २५ जनामा कोरोन पुष्टि भएको छ ।

कुन प्रदेशमा कति संक्रमित थपिए ?
प्रदेश १ मा १९, प्रदेश २ मा ९, वागमती प्रदेशमा २८९, गण्डकी प्रदेशमा ३८, लुम्बिनीमा ५० , कर्णालीमा ७ जना संक्रमित थपिएका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *