मुख्य समाचार

अमेरिकामा ट्रम्पले ‘कू’ को प्रयास गर्दा मृत्यु हुने चार पुगे

काठमाडौं । रिपब्लिकन पार्टीका समर्थकले अमेरिकी सदनमा आक्रमण गर्दा भएको मुठभेडमा मृत्यु हुनेको संख्या चार पुगेको छ ।

जो वाइडेनलाई अमेरिकी राष्ट्रपति निर्वाचित गर्न बसेको सदनको संयुक्त बैठकमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले आक्रमण गरेका थिए । यसलाई अमेरिकामा ट्रम्पको कू प्रयास भएको विश्लेषण गर्न थालिएको छ ।

बीबीसीका अनुसार क्यापिटलमा आक्रमणका क्रममा प्रहरीसँगको झडपको क्रममा दुई पुरुष र दुई महिलाको मृत्यु भएको हो ।

वासिङ्टन डिसीमा अहिले कर्फ्यु लगाइएको छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ। एकजना महिलाको मृत्यु प्रहरीको गोली लागेर र अन्य तीनजनाको उपचार चाँडो नपाएर मृत्यु भएको प्रहरीले जनाएको छ।

संसद भवनमा चलिरहेको सत्र बिथोल्न पुग्नेहरुमध्ये प्रहरीले ५२ जनालाई नियन्त्रणमा लिएको छ। क्यापिटल बिल्डिङमा डोनाल्ड ट्रम्पका समर्थकले कब्जा गर्ने प्रयास गरेका छन् ।

डोनाल्ड ट्रम्पले लगातार चुनावमा धाँदली गरेको बताउँदै आएका छन् । उनले आफू सत्ताबाट हट्नु नपर्ने जिकिर गर्दै विभिन्न उट्पट्याङ प्रयास गर्दै आएको विभिन्न सामाचार एजेन्सीहरुले बताएको छ । क्यापिटल भवन अमेरिकाको संसद भवन हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *