काठमाडौं । अमेरिकामा संसद् भवनमा डोनाल्ड ट्रम्पका समर्थकले गरेको हिंस्रक गतिविधिपश्चात् वासिङ्टन डिसीमा कर्फ्यू लगाइएको छ । कर्फ्यू बुधबार बेलुका ६ बजेदेखि बिहिबार बिहानसम्म लागू गरिएको छ ।
राष्ट्रपति निर्वाचनको मत परिणाम उल्टाउने ट्रम्पको प्रयासले अमिरिकामा हिंसा मच्चिएको हाे । हिंसामा गोली लागेर एक महिलाको मृत्यु भएको छ
रिपोर्टका अनुसार क्यापिटल बिल्डिङमा एक आगो निभाउने यन्त्र बिस्फोट भएको छ भने एक महिलालाई गोली लागेको छ । बीबीसीले ती महिलाबारे कुनै जानकारी नभएको बताएपनि द वासिङ्टन पोस्ट र सीएनएनले भने उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताएका छन् ।
बुधबार जो बाइडनलाई राष्ट्रपति घोषणा गर्न अमेरिकी कांग्रेसमा इलेक्टोरल कलेजको विषयमा बहस चलिरहेको थियो । सा्े क्रममा प्रदर्शनकारीहरू भवन भित्रै छिरेपछि बहस नै राेकिएकाे थियाे । अवस्था हिस्रक भएपछि उपराष्ट्रपति उपराष्ट्रपति माइक पेन्स र सभामुख न्यान्सी पेलेसीलाइ सुरक्षित स्थानमा सारिएकाे थियाे ।


अहिले निर्वाचित राष्ट्रपति जो बाइडेनलाई निर्वाचकीय कलेजलाई प्रमाणित गर्न न्यान्सी पेलेसी र उपराष्ट्रपति माइक पेन्स सदन पुगी सकेका छन् । पेलोसीले केही समय अगाडी “हामीले आज राती अगाडि बढ्ने निर्णय गरेका छौं” भनि जानकारी गराएकी थिइन् ।
अमेरिकी सदनमा भएको घटनाबारे अमेरिकी पूर्व राष्ट्रपति बुशले निन्दा गरेका छन । उनले एक बिज्ञप्ति निकाली यसलाई बिद्रोहको नामाकरण दिदै “भयावह र हृदय विदारक दृश्य” भनेका छन् ।




