काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ओली समूह) ले प्रचण्ड–माधव समूहका नेता एवम् सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलसहित ३ जना नेतालाई जिम्मेवारी मुक्त गर्न केन्द्रमा सिफारिस गरेको छ ।
बुधबार धनगढीमा बसेको सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले प्रदेश इन्चार्ज रावल, सचिव नेपबहादुर चौधरी र कार्यालय सचिव दिनेशचन्द्र सुवेदीलाई कारवाही गर्न केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको केन्द्रीय सदस्य प्रेम ओलेले जानकारी दिए।
आलेले रिक्त स्थानमा हाललाई कुसैलाई पनि नियुक्त नगरिएको जानकारी दिए । प्रचण्ड–माधव पक्षको १७ पुसमा बसेको प्रदेश कमिटी बैठकले प्रदेश अध्यक्ष कर्ण थापासहित ४ जिल्लाका अध्यक्षलाई हटाएको थियो।




