काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संविधानको पांग्रा भत्काएको आरोप नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले लगाएका छन् । बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले राजधानीमा आयोजित अन्तर्क्रिया कार्यक्रममा डा. रिजालले यस्तो बताएका हुन् ।
‘ आफूलाई मन नपर्दैमा संविधान भत्काउँदै जाने भए केही पनि रहँदैनन्’ नेता रिजालले भने– ‘आफूलाई काम नलाग्ने भएपछि संविधानको पांग्रा प्रधानमन्त्री ओलीले भत्काउनु भयो । बहुमतको प्रधामन्त्रीले संसद् विघटन गर्न नपाउने व्यवस्था संविधानले गरेको छ ।’
दुःख गरेको बनाएको संविधानमा फुच्चे सत्तावादी ओलीको बल मिचाइबाट मुक्त गर्ने पनि भनाइ डा. रिजालको थियो ।




