रिबन

प्रदेश इन्चार्जबाट पोखरेल र गुरुङ हटाइए

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समुहले लुम्बिनी प्रदेश इन्चार्ज शंकर पोखरेल र गण्डकी प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङलाई हटाउने निर्णय गरेको छ। सोमबार बसेको दाहाल–नेपाल समुहको स्थायी समिति बैठकले पोखरेल र गुरुङलाई प्रदेश इन्चार्जबाट हटाउने निर्णय गरेको हो ।

पोखरेलको स्थानमा स्थायी समिति सदस्य युवराज ज्ञवाली र गुरुङको स्थानमा देवेन्द्र पौडेललाई जिम्मेवारी दिइएको छ। त्यस्तै गण्डकी प्रदेशको सहइन्चार्जबाट किरण गुरुङलाई हटाएर तुलबहादुर गुरुङलाई जिम्मेवारी दिइएको तोकिएको छ ।

प्रदेश कमिटी गोविन्द नेपालीलाई हटाएर श्रीमाया थकालीलाई जिम्मेवारी दिइने निर्णय भएको स्थायी समिति सदस्य देव गुरुङले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *