राजनीति

कांग्रेस क्रियाशील सदस्यता माघ मसान्तभित्र टुंग्याउन निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले माघ मसान्तभित्र क्रियाशील सदस्यता टुंग्याउन निर्देशन दिएको छ। हिजो आइतबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले क्रियाशील सदस्यता अध्यावधिक गर्ने मिति परिवर्तन गरी माघ मसान्तसम्म सारेको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार क्रियाशील सदस्यता अध्यावधिक गर्ने अवधि थप गर्ने निर्णय गरे पनि बैठकले महाधिवेशनका विषयमा कुनै निर्णय नगरेको बताए ।

यसअघि कांग्रेसले साउनभित्र क्रियाशील सदस्यता वितरण गरिसक्ने भनेको थियो। महाधिवेशनको मिति फागुन ७ नजिक आइसक्दा पनि क्रियाशील सदस्यता कांग्रेसमा टुंगिएको छैन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *