काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा जिम्मेवारी बाँडफाँड र एकता कार्यदल गठन गरेको छ ।
आइतबार पेरिसडाँडामा अध्यक्ष नेपालको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठक सो कार्यदल गठन गरेको हो । कार्यदलले पार्टी भित्रका विभिन्न जिम्मेवारीबारे टुंगो लगाउने र पार्टी एकताका थप काम गर्ने नेताहरूको भनाइ छ ।
स्थायी कमिटी सदस्य योगेश भट्टराईले दिएको जानकारीअनुसार अध्यक्ष नेपालको संयोजकत्वमा कार्यदल बनेको छ । स्थायी कमिटी बैठक सोमबार १ बजे फेरि बस्ने उनले बताए।
बैठकका लागि आज एजेन्डा पनि तय भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपामा दुई समूह क्रियाशील छ ।




