कला/साहित्य

हाइकु


१,
ठेल्नै नपर्ने
खोकिला त खुकुलो
चिप्लिँदा हाँसो ।

२,
ढोका उघारेँ
रात त घुसिहाल्यो
रित्तो ओछ्यान ।

३,
सर्प खसेछ
सपना समाउँदा
छुचुन्द्रो लुक्यो ।

४,
अँगालो मार्दा
जडाउरी परेछ
आफै च्यात्तिँदा ।

५,
सुँघेर भाग्छ
खसी बनेको बोका
भाउ बढेन ।

६,
पिइ नै हालेँ
बिटुलो पित्ले भाँडो
स्वादिलो गन्ध ।

७,
सुकेको डाँट
कुहिएको गुलाफ
झुण्डेको सर्प ।

८,
खुट्टा चिप्लिँदा
फुत्किहालेछ हात
चिसो कुलेसो ।

९,
बिटुलो जून
कालो बाक्लाे रगत
नुनको ढिक्काे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *