काठमाडौं । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन्। नेकपामा विभाजन देखिएको अवस्थामा प्रचण्ड र सिंहबीच भेट भएको हो।
प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्था बुझ्न सिंह खुमलटार आएको प्रचण्डको सचिवालयले जनाएको छ । दुई नेताको भेटमा संसद विघटन, नेकपा विभाजन र अबको बाटोबारे छलफल भएको थियो। उनीहरुबीच ओलीविरुद्ध एकजुट भएर सडक संघर्ष गर्ने विषयमा पनि छलफल भएको स्रोतको दावी छ ।




