समाचार

बालुवाटार जग्गा प्रकरण : दुई लाख धरौटीमा ढकाल्नी रिहा

काठमाडौं । वालुवाटारको ललितानिवासको जग्गा आफ्नो नाममा गराएको अभियोग लागेका मूख्य अभियुक्त शोभाकान्त ढकालकी श्रीमती उमाकुमारी ढकाल्नी विशेष अदालतबाट धरौटीमा रिहा भएकी छन् ।

विशेष अदालतमा थुनछेक बहसका लागि आज उपस्थित भएकी ढकाल्नीलाई २ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको हो । उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९१ लाख २० हजार रुपैयाँ बिगो माग गरेको थियो ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशहरु नित्यानन्द पाण्डे र अब्दुल अजिज मुसलमानको इजलासले ढकाल्नीलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

उनी बालुवाटार प्रकरणमा मुख्य अभियुक्त रहेका डा. शोभाकान्त ढकालकी पत्नीसमेत हुन् । बालुवाटारको ललितानिवास परिसरको सरकारी र सार्वजनिक जग्गा बेचेको आरोप लागेका डा। ढकालसँग ३९ करोड रुपैयाँभन्दा बढी बिगो मागसहित विशेषमा मुद्दा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *