राजनीति

प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार छैन : सभामुख

काठमाडौं । संविधानअनुसार नै प्रतिनिधिसभा विघटन भएको बताएका प्रधानमन्त्री केपी ओलीलाई काउन्टर दिँदै सभामुख अग्नि सापकोटाले सरकारसँग विघटनको अधिकार नै नभएको जिकीर गरेका छन्।

‘संविधानले सदन विघटनको अधिकार प्रधानमन्त्रीलाई दिएको छैन, मैले कानुनविददेखि अनेकसँग सल्लाह र सुझाव लिइरहेको छु,’ विहीबार उनले भने।

नेकपा (प्रचण्ड–माधव समूह) को अनेमसंघ, नेपाली कांग्रेस सम्बद्ध नेपाल महिला संघ, जनता समाजवादी सम्बद्ध समाजवादी महिला संघ र विवेकशिल साझा पार्टी सम्बद्ध विवेकशील साझा महिलाको संयुक्त ज्ञापनपत्र बुझ्दै सभामुख सापकोटाले भने, ‘संविधानले नदिएको अधिकारबारे सर्वोच्च अदालतमा पनि प्रत्योत्तर तयार पारिरहेको छु।’

उनले सभामुखका हिसाबले आफ्नो भूमिका र संविधानको रक्षाका लागि डटेर लड्ने बताएका थिए। सापकोटाले अहिलेसम्म प्रधानमन्त्री केपी ओलीको कदमबारे कडा ढंगले बोलेका थिएनन् । केही दिनअघि नौ मन्त्रीको सपथ कार्यक्रममा सभामुख सापकोटा राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *