पत्रपत्रिकाबाट

एक-अर्काको पोल खोल: ‘दाहाल–नेपालले काम गर्नै दिएनन्’

आज संघीय राजधानीबाट प्रकाशित पत्रपत्रिकाहरुमा फरक फरक विषयबस्तुले स्थान पाएका छन् ।

नागरिक दैनिकले पहिलो पृष्ठमा प्रधानमन्त्री केपी शर्मा ओलीको भनाईलाई छापेको छ । आरोप प्रत्यारोपमा उत्रेका दाहाल-नेपाल पक्ष र ओली पक्षले एक अर्काको पोल खोलाखोल गरिरहेका छन् । आजको नागरिक दैनिक ‘दाहाल–नेपालले काम गर्नै दिएनन्’ लेख्छः प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपालले काम गर्न नदिएकै कारण प्रतिनिधिसभा विघटन गरी नयाँ जनादेशमा जाने निर्णय गर्नुपरेको बताएका छन् ।दाहालले सधैं सत्ता र अर्का नेता नेपालले सम्मान मात्र खोजेर सरकारलाई काम गर्न नदिएको आरोप लगाउँदै ओलीले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जाने आफ्नो रहर नभएर बाध्यता भएको स्पष्ट पारे ।
त्यस्तै नेपाललाई सुहाउँदो खोप अनुमोदन शिर्षकमा अर्को समाचार पनि पहिलो पृष्ठमा छ ।
नेपाललाई सुहाउँदो मानिएको कोरोना खोपलाई बेलायतले अनुमोदन गरेको छ । अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि उत्पादक कम्पनी अस्ट्राजेनेकाद्वारा संयुक्त रूपमा विकास गरिएको खोपलाई बेलायतको औषधि नियामक संस्था ‘दि मेडिसिन एन्ड हेल्थ केयर प्रोडक्ट्स रेगुलेटरी अथोरिटी ९एमएचआरए० ले उक्त अनुमति दिएको हो । तुलनात्मक रूपमा सस्तो र सामान्य फि«जको तापक्रममा समेत सुरक्षित राख्न सकिने भएकाले यो खोपको प्रतीक्षा विश्वव्यापी रूपमा रहेको छ ।
राजधानी दैनिकले पनि प्रधानमन्त्रीकै भाषणलाई पहिलो पृष्ठमा मुख्य खबर बनाएको छ । संविधानमा संसद् पुनःस्थापनाको व्यवस्था छैन शिर्षकमा
नेकपाका अध्यक्ष ओलीले प्रतिनिधिसभा पुनःस्थापना नहुने ठोकुवा गर्दै त्यसैले चुनावको तयारीमा जुट्न आफ्ना नेताकार्यकर्ता र सबै दललाई आग्रह गरेको समाचारमा उल्लेख छ।
त्यस्तै देशभरका भन्सारमा कडा निगरानी बढाइएको बारे पनि राजधानी दैनिकले खबर छापेको छ ।
भन्सार विभागले देशभरका भन्सार कार्यालयको निगरानी र अनुगमनका लागि ‘सेन्ट्रल मनिटरिङ सिस्टम’ सञ्चालनमा ल्याएको छ । विभागले केन्द्रबाट सीसीटीभीमार्फत यो प्रणाली सञ्चालनमा ल्याएको हो । जसका कारण अब देशभरका भन्सार कार्यालयहरू कडा निगरानीमा पर्नेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *