रिबन

नेकपाको बैंक खाता रोक्का गर्न प्रचण्ड–नेपाल पक्षको पत्राचार

काठमाडौं । सत्तारुढ नेकपामा विभाजनआएपछि प्रचण्ड नेपाल पक्षले तत्कालीन नेकपा एमालेको नाममा रहेको बैंक खाता रोक्का गर्न पत्राचार गरेको छ ।

पार्टी एकता भएसँगै बैंक खाता एउटै बनाउने प्रक्रिया नपुगेकाले एमाले र माओवादीको खाता फरक फरक रहेको थियो । प्रधानमन्त्री केपी ओलीको एक समूह र पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपालको अर्को समूह नेकपामा बनेपछि प्रचण्ड माधव समूहले बैंक खाता रोक्न पत्र लेखेको हो ।

उनीहरुले सम्बन्धित ठाउँमा पत्र पठाइसकेका बताइएको छ । तत्कालीन एमालेको बैंक खाता कृष्णगोपाल श्रेष्ठ, विष्णु रिमाल र केन्द्रीय कार्यालयका कर्मचारी खेम पौडेलको नाममा थियो । अहिले नेताहरु रिमाल र श्रेष्ठ र कर्मचारी तीनजना नै ओली पक्षका हुन् । बैकले सो पत्रलाई कसरी लिन्छ भन्ने बारेमा कौतूहला उत्पन्न भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *