काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी दाहाल–नेपाल समुहका वरिष्ठ नेता झलनाथ खनालले आन्दोलनको आँधिबेहरी ल्याएर संविधानलाई ठीक ठाउँमा ल्याउने बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तानाशाह संज्ञा दिए ।
मंगलबार प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपाल समूहले राजधानीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता खनालले प्रधानमन्त्री ओलीले संविधान प्वाल पारेको आरोप समेत लगाए ।
उनले भने– ‘केपी ओलीजस्तो तानाशाहका कारण आन्दोलनमा आउन बाध्य भयौँ,’ पूर्व प्रधानमन्त्री खनालले भने, ‘उनले संविधानमाथि बलात्कार गरेका छन् ।’ ओलीले संविधानमाथि प्रहार गरेकाले आन्दोलनमार्फत ठीक ठाउँमा ल्याउने उनले बताए । सनक र लहडका आधारमा संसदको बिघटन गरेको उनको आरोप थियो । उनले संविधान ठीक ठाउँमा नआएसम्म आन्दोलन नरोकिने बताए ।




