काठमाडौं।नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेकपा नेतृत्वको सरकार राष्ट्रियताका सवालमा इतिहासकै कमजोर बनेको आरोप लगाएका छन । सरकार कमजोर भएका कारण नेपाललाई भरत र चीनले कसको प्रभाव क्षेत्रमा राख्ने भन्ने होडबाजी चलेको आरोप लगाएका हुन । कम्युनिष्ट सरकारकै कारण भारत र चीन कसको पक्षमा छौ भनेर साविति बयान लिन नेपाल आइरहेको बताए ।
नेपाली कांग्रेस क्षेत्र नम्बर ५ काठमाडौंले आयोजा गरेको विरोध कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा नेपालको आवस्यकता र स्वार्थमा सरकारले आखाँमा आखाँ जुधाएर छिमेकीसंग कुरा राख्न नसक्दा मुलुकमा विदेशी चलखेल बढेको बताएका हुन । सरकार जनतातर्फ फर्केर राष्ट्रियताको कुरा गर्छ डा महतले भने जहाँ भन्नु पार्नेहो त्यहा भन्दैन ।
विश्वबाट बढारिएका कम्युनिष्टहरुले नेपालमा झुटको खेती गरेर कम्युनिष्टहरु दुई तिहाइ नजिकको सिट ल्याएको उनको आरोप थियो । कम्युनिष्टले जनतालाईभन्दा सत्तालाई प्रमुख बनाए । कम्युनिष्टको सत्ता अर्जुन दृष्टि बन्दा मुलुकमा राजनीतिक संकट पैदा भएको डा. महतले बताए ।
सरकारका उपप्रधानमन्त्री इश्व पोखरेललाई लक्षित गर्दै डा. महतले भने आश्वसनको पोको बाढेर गफ चुटेर देश बन्दैन । कोरोना महामारीमा पनि भ्रष्टाचार गर्नुले सरकारका उपप्रधानमन्त्रीले भ्रष्टाचार र कमिशनभन्दा अर्को शब्द नजानेको स्पष्ट भएको आरोप लगाए ।
जनताले चुनेर पठाउदा सरकार चलाउन नसक्नेहरुलाई सत्तामा बस्ने अधिकार नभएको डा. महतको तर्क थियो । कम्युनिष्टको वद्मासीकाे भण्डाफोर गर्न डा . महतले कार्यकर्तालाई निर्देशन दिए ।




