रिबन

काँग्रेसको नेतृत्वमा जारी भएको संविधानमाथि प्रहार सहेर बस्दैनौ: नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसको नेतृत्वमा जारी भएको संविधानमाथिको प्रहार सहेर नबस्ने नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बताए । उनले पार्टीको आन्तरिक कलह मिलाउन नसकेको रिसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेको बताए ।

आज बानेश्वरमा काठमाडौं क्षेत्र नम्बर १ ले आयोजना गरेको प्रदर्शनपछि विरोधसभामा बोल्दै सिंहले प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेको बताए । प्रधानमन्त्री ओलीले विश्वासको मत लिने आँटसमेत नगरेको सिंहको भनाइ छ। ‘प्रधानमन्त्री ओली बढो क्रान्तिकारी जस्तो देखिएर जनताको म्यान्डेट लिन गइरहेको छु भन्छन्। म जस्तो प्रजातान्त्रिक को छ भन्छन् ?’ सिंहले भने ।

विरोध कार्यक्रममा नेका कार्यकर्ता काठमाडौंको नयाँ बानेश्वरमा सोमबार नेपाली काँग्रेसद्वारा आयोजित विरोध कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ता । तस्बिरः रोशन सापकोटा/रासस

‘जनप्रतिनिधिबाट विश्वासको मतसमेत लिन सक्ने आँट छैन। अनि दुई तिहाइ मतको प्रधानमन्त्री भनेर मात्रै हुन्छ ?’ओली सरकारले भ्रष्टाचार रोक्न नसकेको उनको भनाइ थियो। उनले भने, ‘व्यवस्थापिका र न्यायपालिका आफ्नो अधिनमा राख्न ओली सरकार उद्धत छ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *