रिबन

काठमाडौंको १० वटै निर्वाचन क्षेत्रमा कांग्रेसको प्रदर्शन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले असंबैधानिक रुपमा गरेको प्रतिनिधि सभा विघटन गरेको विरोध गर्दै नेपाली कांग्रेसले आज देशैभर निर्वाचन क्षेत्रबाट विरोध गरेको छ।

सोमबार काठमाडौंमा १० वटै निर्वाचन क्षेत्रका विभिन्न १५ स्थानमा कांग्रेसले नारा जुलुससहित प्रदर्शन गरेर अहिले कोण सभा गरिरहेको छ । यी प्रदर्शनमा कांग्रेसका नेताहरूले सम्बोधन गर्न लागेका छन्।
क्षेत्र नम्बर १ को कार्यक्रम बानेश्वरस्थित होटल एभरेष्ट अगाडिको कोणसभालाई पूर्वमहामन्त्री प्रकाशमान सिंहले सम्बोधन गरिहेका छन् । भने क्षेत्र नं २ कोटेश्वरमा प्रवक्ता विश्वप्रकाश शर्माले सम्बोधन गर्ने कार्यक्रम छ ।

क्षेत्र नम्बर ३ को जोरपाटी चोक, ४ को नारायणचौर नक्साल, ५ क्षेत्र नम्बर ३ को जोरपाटी चोक, ४ को नारायणचौर नक्साल, ५ को नारायणगोपाल चोक महाराजगञ्ज, ६ को मनमैजु लोकतान्त्रिक चोक, ७ को बालाजु चोक, ८ को बसन्तपुर डबली, ९ को कलंकी चोक र १० को कीर्तिपुर बजारमा प्रदर्शनपछि सभा हुने क्रममा लागेको कांग्रेसले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *