काठमाडौं । प्रधानमन्त्री केपी शमौ ओलीको असंबैधानिक कदम विरुद्ध आज नेपाली कांग्रेसले देशका १६५ वटै निर्वाचन क्षेत्रबाट सरकारको विरोध गर्ने भएको छ। प्रतिनिधि सभा विघटन गरेको विरोधमा कांग्रेसले देशभर प्रदर्शन गर्न लागेको हो ।
प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार काठमाडौंका १५ ठाउँमा आज प्रदर्शन र सभा हुनेछ। शर्माले काठमाडौंको कोटेश्वरमा हुने प्रदर्शनपछिको सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
प्रदर्शनका लागि कांग्रेसका शीर्ष नेताहरू आफ्नो निर्वाचन क्षेत्र पुगेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ पुगेका छन् ।
सभापति शेरबहादुर देउवा डडेलधुरा गएका छैनन्। उनले भक्तपुरको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
केन्द्रीय सदस्यहरू आफ्नो गृह जिल्लामा हुने कार्यक्रममा सहभागी हुने तय भएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । प्रतिनिधि सभा विघटनलाइ असंबैधानिक भनेकाे कांग्रेसले अाज देशभर विराेध गर्दै छ । अाेलीकाे कदमविरूद्ध अन्य पार्टीहरूले देशभर विराेधका कार्यक्रम गरिरहेका छन् ।




