शिक्षा / स्वास्थ्य

पछिल्लो २४ घण्टामा ४८१ संक्रमित थपिए, ७३१ निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा ४८१ जना कोरोना संक्रमित थपिएका छन भने ७३१ जना संक्रमित कोरोनामुक्त भएका छन । ६ जना संक्रमितको निधन भएको छ ।

३ हजार ८२८ जनाको पीसीआर परिक्षण गर्दा ४८१ जनामा कोरोना पुष्टि भएको हो । जसमध्ये ९०२ पुरुष र १७९ महिला छन । यो संगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ५८ हजार १८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा ३४.५ प्रतिशत महिला र ६५.५ प्रतिशत पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

हालसम्म २ लाख ४९ हजार ८६३ जना संक्रमित निको भइसकेका छन । नेपालमा कोरोना संक्रमित निकोहुने दर ९६.७ प्रतिशत छ । मुलुकभर ६ हजार ४९३ जना सक्रिय सक्रमितमध्ये ३ हजार ७७ जना संक्रमित होम आइसोलेशनमा छन । क्वारेन्टाइनमा भने ३६९ जना छन ।

गत २४ घण्टामा ६ जना संक्रमितको मृत्यु भएको छ । योसंगै नेपालमा मृतकको संख्या १८२५ पुगेको छ । २३५ जना आसीयुमा र ५३ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन ।

नेपालमा आरटी–पीसीआर विधिबाट १९ लाख ९ हजार ६५४ जनाको परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौं जिल्लामा मात्र सक्रिय संक्रमितको संख्या पाँच सयभन्दा बढी छ । कोरोना संक्रमण मुक्त जिल्ला मुगु र रुकुम पश्चिम छन ।

उपत्यकामा कति संक्रमित थपिए ?

सोमवार काठमाडौं उपत्यकामा २०८ जना कोरोना संक्रमित थपिएका छन । जसमध्ये ८३ जना महिला र १२५ जना पुरुष छन । काठमाडौंमा २७३, ललितपुरमा ४९ र भक्तपुरमा ४१ जनामा कोरोन पुष्टि भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *