काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले एक सयभन्दा बढी नेकपाका समर्थित नेता कार्यकर्ता नेपाली कांग्रेस पार्टीमा भित्र्याएका छन । सुनकोसी गाउँपालिका, वडा नम्बर ३ वडा कार्यसमितिले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा सदस्यता वितरण कार्यक्रमलाई सम्बोधन गर्न पुगेका पूर्वमन्त्री बस्नेतल एक सयभन्दा बढीलाई कांग्रेसमा अविर र खादा ओढाएर भित्र्एका हुन ।
सुनकोसी ३ मा नेकपालाई ठूलो झड्का लागेको छ । नेकपाको वडा इकाइ सचिव दीपक भुजेल, नेपाल शिक्षक संगठनका अध्यक्ष कृष्ण गिरिलगायत एकै वडाबाट ७० जनाले नेकपा परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका छन । सरकारको असंवैधानिक, अलोकतान्त्रिक र अलोकप्रिय कार्यले केन्द्रमा मात्र होइन जिल्ला, नगर, गाउँ र वडासम्म नेकपाको संगठनमा पहिरो गएको छ ।
नेपाली कांग्रेसको खेलकुद विभागका प्रमुखसमेत रहेका पूर्वमन्त्री बस्नेतले कम्युनिष्ट सरकाले मुलुक र जनताको मात्र नभई लोकतन्त्र र संविधानको समेत भविश्य अन्योलमा पारेकाले लोकतन्त्र, संविधान संरक्षण र मुलुकको विकासका लागि कांग्रेसको विकल्प नभएको बताए । नेता बस्नेतले सुनकोसीको विकासमा कांग्रेसको महत्वपूर्ण योगदान रहने समेत स्पष्ट पारे ।

कार्यकर्ता भेटघाट तथा सदस्यता वितरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेपाली कांग्रेसका महासमिति सदस्य प्रेमध्वज लामाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको स्वर्थका कारण मुलुकमा ठूलो दुर्घटना निम्तिएको आरोप लगाए । नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागका सदस्य युवा एवं बौद्धिक छबीका नेता लामाले कम्युनिष्ट सत्ताको रबैयाका शसक्त रुपमा विरुद्ध उत्रिन कार्यकर्तालाई निर्देशन समेत दिए ।
कार्यक्रमालाई सुनकोसी गाउँपालिकाका अध्यक्ष श्रवणकुमार जिसी(विनोद) नेपाली कांग्रेसका क्षेत्रीय सचिव एवं वडा नम्बर ४ का वडाध्यक्ष देवेन्द्र खड्का, वडा नम्बर ६ का वडाध्यक्ष रामकुमार थापालगायतका नेताहरुले सम्बोधन गरेका थिए । वडा इकाई समितिका अध्यक्ष सुर्यबहादुर कार्कीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन वडा इकाई सचिव ललित कुमार खड्काले गरेका थिए ।

सुनकोसी ३ मा कांग्रेसको वडा कार्यालय भबन बन्ने, खड्काले दिए भवन निर्माणका लागि पाँच आना जग्गा
नेपाली कांग्रेस सुनकोसी ३ को वडा कार्यालय भवन निर्माणका लागि सुनकोसी ३ का ललित कुमार खड्काले ५ आना जग्गा दिने घोषणा गरेका छन । कार्यालय भवनका लागि आर्थिक श्रोत व्यवस्थापनमा आजैबाट कांग्रेसले ध्यान केन्द्रीत गरेको छ । आजै नेपाली कांग्रेसका युवा नेता एवं महासमिति सदस्य प्रेमध्वज लामाले भवन निर्माणका लागि रु दश हजार आर्थिक सहयोग गर्ने घोषणा गरे ।




