रिबन

विश्वमा सक्रिय संक्रमितको संख्या २ करोड २० बढि

काठमाडौं । विश्वभर सक्रिय संक्रमितको संख्या २ करोड २० लाख नाघेको छ । वर्ल्डोमिटर्सका अनुसार आइतबार बिहानसम्म विश्वभर सक्रिय संक्रमितको संख्या २ करोड २० लाख ४७ हजार २८८ पुगेको हो ।
यसमध्ये १ लाख ५ हजार ६११ को अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

पछिल्लो तथ्यांकअनुसार कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ करोड ७ लाख ५ हजार नाघेको छ ।
यो समाचार तयार पार्दासम्म संक्रमणमुक्त हुनेको संख्या ५ करोड ६८ लाखभन्दा धेरै छ ।

पछिल्लो २४ घण्टामा ४ लाख ४७ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । यस्तै संक्रमणबाट मृत्यु हुनेको संख्या १७ लाख ६४ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ७ हजार ८८ संक्रमितको मृत्यु भएसँगै मृतक संख्या १७ लाख ६४ हजार ३२९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ४ लाख २१ हजार ६३७ जना संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमणमुक्त हुनेको संख्या ५ करोड ६८ लाख ९४ हजार १२५ पुगेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *