राजनीति

दाहाल भेट्न बामदेव खुमलटारमा

काठमाडौं । दुवै समूहतिर नखुलेका उपाध्यक्ष बामदेव गौतम पुष्पकमल दाहाललाई भेट्न शनिबार बिहान खुमलटार पुगे । पार्टी विभाजन भएपछि नेपाल कम्युनिष्ट पार्टी (दाहाल–नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न पहिलो पटक उपाध्यक्ष गौतम खुमलटार पुगेका हुन् ।

दाहाल र गौतमबीच संसद् विघटन र पार्टी विभाजनको अवस्थाबारे छलफल भएको बताइएको छ । भेटवार्ताका क्रममा दाहालले गौतमलाई आफ्नो समूहमा आउन अनुरोध गरेकोसमेत बताइएको छ । तर, गौतमले भने स्पष्ट जवाफ नदिएको बताइएको छ ।

संसद विघटन प्रकरणपछि नेकपा विभाजित भए पनि गौतम हालसम्म केपी ओली र दाहाल–नेपाल पक्ष कतैपनि खुलेका छैनन् । दुबै पक्षले गौतमलाई आफूतिर तान्न प्रयास गर्दै आए पनि उनले निर्णय लिइसकेका छैनन् । गौतम दुबै पक्षको केन्द्रीय समिति र समूहको भेलामा पनि सहभागी छैनन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *