कला/साहित्य

निरीह वर्तमान

बेथिति सल्बलाउँछ मुलुकमा
नेता नीति विहीन छ र थितिहीन छ
त्यसैले धर्मराउँछ समाज
राजतन्त्र विदा भएर गयो भनिन्छ
गणतन्त्र पाँए भनेर वर्तमान खिल्खिलाउँछ
जहाँ सौखिन नेतृत्वको उद्दण्ड झुण्ड जमजमाउँछ
नाटिकुटी पूर्वमहाराजको बरु थिएन उस्तो तामझाम
अहिले नव सम्भ्रान्त र राज घरानियाँहरू
लिप्त छन् लाग्छ उक्साहटमा
एक एक उदीयमान दिवालियाहरू
बेसुरा बेसरमको राग थमाउँदा झोक्राएको छ वर्तमान
फगत् दुर्गन्ध फैलिएर चारैतिर
निरीह बनेर बाँचिरहेको छ वर्तमान ।
०…………………..०………………….०
पदम दाहाल, मादी, संखुवासभा
हालः लोकन्थली, भक्तपुर
९८४२०९९८३१

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *