कला/साहित्य

चोका कविता

बिपना खोइ
सपनामा त आयौ
हराइहालेँ
पग्लिँदै जाने मेसो
निलो दाग पो
चुस्दाचुस्दाको ओठ
खोज्दै जाँदा त
लतारिएछ आफैँ
नजिकै जाँदा
उठाउन खोजेको
पोखरी देख्दा
फाल हाल्नु नै थियोे
सम्झिने चिनो
निथ्रुक्कै भिज्न पुग्दा
भ्याएन त्यसै
बन्धकीमा राखेको
दरिलो पोको
पाकिरहेको मन
प्वालै परेछ
सिउनै नसकिने
चिटिक्क थैली
अल्झिरहेको सुत्लो
भन्नै सकिनँ
मन परेकी तिमी
कता गएकी
हुन्थ्यो बाँडेको भए
हेर्दाहेर्दैमा
मनाएर ल्याउदा
च्याति नै हाल्दा
प्रेम चुहिन थाल्यो
वरिपरि ओसिलो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *