कला/साहित्य

सेडोका कविता


१,
बितेको दिन
आँखामै हाँसिदिँदा
बग्यो आँसुको भेल ।
विगत सम्झेँ
भाबुकिएको मन
माया जोड्ने विचार ।
२,
बिर्सेको नाता
दु:ख निम्तेको बेला
सम्झेको आलो घाउ ।
नजिक बन्दै
सुख बाँड्न खोज्दा
माया बन्यो बैगुनी ।
६,
मिलेको खुसी
हाँसेर थुपारिँदा
दु:खलाई बिर्सेको ।
रिस बोकेर
बिर्सिएको आफन्त
आपत पर्दा एक्लाे ।
४,
आफैँ बुझेर
तनाबमा होमिँदा
विचार नै लडेको ।
अबुझ बन्दा
जिस्क्याउँछ लाजले
वैरी बन्दै समय ।
५,
रण्भुमिमा
आफैँलाई बिर्सदा
काइते बन्दै लडेको ।
मायाको जाल
सोरिएको विश्वास
अमर बन्यो प्रेम ।
६,
भाँचेको मन
सपना रुमलिँदा
आशा च्याप्दै दौडेको ।
उर्लेको मन
वरपरि घुमेको
वैशरुपी बतास ।
७,
मसाल बोक्दै
सडकमा उर्लिँदा
रिस बन्यो आक्रोश ।
विद्रोही मन
अन्यायको विरुद्ध
गुन्ज्जो जनाआवाज ।
८,
चोखो मायामा
बिताएको समय
सम्झिन्छ ह्दयमा ।
डाडे स्वाभाव
घृणाले भरिएको
सङ्कुचित विचार ।
९,
सेतो कपडा
तिम्रो नजर पर्दा
दाग लागेको रात ।
अशुद्ध मन
आँखा गाड्दै लोभिँदा
लाचार बनेको घृणा ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *