समाचार

बाग्मती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यको नाम प्रस्ताव

काठमाडौं । बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपा नेतृ अष्टलक्ष्मी शाक्यको नाम प्रस्ताव गरिएको छ । वर्तमान मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै नयाँ मुख्यमन्त्रीमा शाक्यको नाम प्रस्तुत गरिएको हो ।

नेकपा प्रचण्ड–माधव समूहका ४५ सांसदले शुक्रबार प्रदेश सभामा पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । जुन बहुमत सांसदको हस्ताक्षर हो । प्रदेश सभा बैठक बसेर कारबाही प्रक्रिया अघि बढाएमा मुख्यमन्त्री पौडेलको पद सिधै जाने स्थिति छ ।

बागमती प्रदेशका आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेल, उद्योगमन्त्री अरुण नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलालले पदबाट राजीनामा दिएका छन् ।

बाग्मती प्रदेशबाट सुरु भएको अविश्वास प्रस्ताव बाँकी तीनवटा प्रदेशमा पनि पर्ने निश्चित छ । अब प्रदेश १ र लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीविरुद्ध प्रस्ताव आउने बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *