ताजा समाचार

ओली चुनावमा, दाहाल-नेपाल सडकमा

काठमाडाैं । आज संघीय राजधानीबाट प्रकाशित विभिन्न पत्रपत्रिकाहरुले फरक फरक विषयमा मुख्य समाचार छापेका छन् । पहिलो पृष्ठमा प्राथमिकता भने बिहिबार नेकपाका दुई गुट भित्र भएका फरक फरक निर्णयबारे समाचार प्रस्तुत गरेका छन् ।
नागरिक दैनिकले प्रचण्ड–नेपाल सडक संघर्षमा, ओली पक्ष प्रतिकारमा शिर्षकमा मुख्य खबर छापेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूह कानुनी र राजनीतिक बचाउका लागि एकअर्काको प्रतिरोधमा उत्रिएका छन्। संघीय संसद्को प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपाल समूहले कानुनी र सडक संघर्ष गर्ने भएको छ भने ओली समूहले दाहाल–नेपाल समूहका गतिविधिको राजनीतिक रूपमा प्रतिकार गर्ने भएको छ। विभाजनको कानुनी र राजनीतिक प्रक्रियामा लागेका दुवै समूह आफूलाई आधिकारिक नेकपा दाबी गर्दै एकअर्काको प्रतिकारमा उत्रिने भएका हुन्।
त्यस्तै कांग्रेसले सरकार विरुद्ध १३ पुसमा देशभर प्रदर्शन गर्नेबारे पनि पहिलो पेजमा मुख्य स्थानमा खबर छापेको छ भने सभामुख अग्निप्रसाद सापकोटा अझै अलमलमा रहेको खबरलाई पनि फ्रन्टपेजमा छापेको छ । उनी चारदिनसम्म मौन बसेर बुधबार ओलीको कदम असंबैधानिक भएको भनी विज्ञप्ति निकालेका थिए तर अब उनले संसद् बोलाउन सक्ने कि नसक्ने भन्ने बारे अझै अलमलमै छन् ।
अन्नपूर्ण पोस्ट्ले पनि ओली चुनावमा दाहाल नेपाल सडकमा शिर्षकमा पहिलो पृष्ठमा खबर छापेको छ ।
राजधानी दैनिकले ओली पक्षले अर्का अध्यक्ष प्रचण्डको कार्यकारी अध्यक्ष पद खोसेको बारे मुख्य खबर छापेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *