राजनीति

नेपालको पछिल्लो राजनीतिक घटनाबारे भारतको अस्पष्ट टिप्पर्णी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको पाँच दिनपछि भारतले आफ्नो धारणा सार्वजनिक गरेको छ । भारतले बिहीबार नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे औपचारिक तर अस्पष्ट धारणा सार्वजनिक गरेको हो ।

‘निकट छिमेकीका नाताले शान्ति, समृद्धि र विकासको बाटोमा अघि बढ्न नेपाल र नेपाली जनतालाई भारतको सहयोग निरन्तर रहने छ ।’

भारतले संसद् विघटनको कदम र त्यसपछि सिर्जित राजनीतिक घटनाक्रमबारे स्पष्ट टिप्पर्णी गरेको छैन । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भने– ‘निकट छिमेकीका नाताले शान्ति, समृद्धि र विकासको बाटोमा अघि बढ्न नेपाल र नेपाली जनतालाई भारतको सहयोग निरन्तर रहने छ ।’

भारतले स्पष्ट केही बोलेको छैन, बरु शान्ति, समृद्धि र विकासको बाटोमा अघि बढ्न नेपाल र नेपाली जनतालाई भारतको सहयोग निरन्तर रहने भनिएको छ ।

विगतमा नेपालका सानातिना राजनीतिक घटनाक्रममा समेत आफ्नो धारणा सार्वजनिक गर्ने गरेको भारतले प्रधानमन्त्री ओलीले गरेको संसद् विघटनलाई पाँच दिनपछि अस्पष्ट टिप्पर्णी गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *