राजनीति

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, संसद् विघटनविरुद्ध कुन दिन प्रदर्शन गर्ने भन्ने तय गर्ने

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसको केन्द्रिय कार्यसमिति बैठक आज पनि बस्दै छ । आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बैठकले संसद विघटनको विरोधमा देशब्यापी विरोध प्रदर्शन गर्ने दिन बारे निर्णय गर्नेछ । बुधबारको बैठकले संसद् विघटन विरुद्ध आन्दोलनमा जाने निर्णय गरेपनि कुन दिन र कस्तो खालको विरोध प्रदर्शनबारे आज निर्णय हुने प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

त्यस्तै बुधबारको बैठकले यही पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका कार्यक्रम देशव्यापीरुपमा मनाउने निर्णय पनि गरेको छ ।

सरकारले प्रतिनिधिसभा विघटन गरेपछि पार्टीको धारणा बनाउन कांग्रेस बैठक मङ्गलबारदेखि जारी छ । सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा बुधबार केन्द्रीय सदस्य डा रामशरण महत, बलबहादुर केसी, आनन्दप्रसाद ढुङ्गाना र गगनकुमार थापाले आ–आफ्नो धारणा राखे । केन्द्रीय कार्यसमितिको बैठक बिहीबार पुस ९ गते दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *