काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद विघटनको विरोधमा देशब्यापी विरोध प्रदर्शन गर्ने भएको छ । केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकले पौष १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका कार्यक्रम देशव्यापी रुपमा मनाउने निर्णय गरेको छ ।
कोरोना संक्रमित भई हाल अस्पतालमा उपचाररत पार्टीका पूर्व महामन्त्री एवं केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको शीघ्र स्वास्थ्यलाभको कामनाका साथै उपचाररत अन्य सबैको शीघ्र स्वास्थ्यलाभको कामना बैठकले गरेको छ ।
कुन दिन प्रदर्शन गर्ने भन्ने भोलि ९ गते बस्ने बैठकले तय गर्नेछ । आजको बैठकमा ४ जनाले धारणा राखेका छन्। केन्द्रीय सदस्यहरू रामशरण महत, आनन्दप्रसाद ढुंगाना, बलबहादुर केसी र गगन थापाले आज बोलेका थिए । उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद भंग गरेकोमा पार्टीका तर्फबाट विरोध गर्नुपर्ने बताएका थिए।




