रिबन

प्रचण्ड संसदीय दलको नेता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल पक्षको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ।

नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा भएको बैठकले ओलीलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको हो। नेता माधव नेपालको प्रस्ताव बैठकले ओलीलाई हटाएर प्रचण्डलाई दलको नयाँ नेता बनाएको हो।

मंगलबार बसेको दाहाल–नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले ओलीलाई नेकपाको अध्यक्षबाट पनि हटाएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *