काठमाडाैं । आज संघीय राजधानीबाट प्रकाशित सबै पत्रिकामा नेकपाकै फुटबारे चर्चा परिचर्चा छ ।
हिजो नेकपाका दुई समुह, प्रधानमन्त्री केपी शर्मा ओली र अर्को समुह प्रचण्ड र माधवकुमार नेपालले छुट्टै बैठक गरे । केन्द्रिय कार्यसमिति बैठकमा दुबै समुह एक अर्का प्रति खनिए । आफू नै आधिकारिक भएको र अर्को पक्ष अनाधिकृत भएको दाबी दिनभर दुबै पक्षले गरे । यतिमात्र होइन निर्वाचन आयोगमा समेत आफ्नो आधिकारिताको लागि निवेदन दिएका छन् । ओली समुहले विस्तारित केन्द्रिय समिति बैठकबारे आयोगलाई जानकारी दिएको हो भने प्रचण्ड नेपाल समुहले ओलीलाई कारबाही गरेको आयोगलाई जानकारी दिएको छ ।
त्यस्तै हिजोको केन्द्रिय समिति बैठकले नेकपाको नेता माधवकुमार नेपाललाई अध्यक्षमा चयन गरेको खबरलाई पनि सबै पत्रिकाले प्राथमिकताको साथ छापेको छ ।
राजधानी दैनिकले अन्ततः फुट्यो नेकपा शिर्षकमा मुख्य खबर छापेको छ । ओली समुहले ११९९ जनाको महाधिवेशन कमिटि बनाएको छ । भने अगामी मंसिर २ गते महाधिवेशन आह्वान गरेको छ । दाहाल नेपाल पक्षले ओलीलाई कारबाही गरेको छ भने ओली पक्षले कुनै पनि नेतालाई कारबाही गरेको छैन । प्रवक्ताको जिम्मेबारी ओली समुहले नेता प्रदिव ज्ञवालीलाई दिएको छ भने दाहाल नेपाल समुहले अध्यक्षमा माधवकुमार नेपाललाई चयन गरेको राजधानी दैनिकले छापेको छ ।
त्यस्तै प्रतिनिधि सभामा रहेको नेकपाकै चार सांसदले रिट हालेको खबरलाई पनि पहिलो पृष्ठमै छापेको छ भने पछिल्लो ५ महिनामा ६ हजार पर्यटक नेपाल आएको खबरलाई पनि पहिलो पृष्ठको पुच्छारमा लेखेको छ ।
नागरिक दैनिकले पनि नेकपाकै फुटबारे मुख्य खबर बनाएको छ । औपचारिक रुपमै फुट्यो नेकपा शिर्षकमा
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० राजनीतिकरुपमा विभाजित भएको छ । नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले मंगलबार छुट्टाछुट्टै केन्द्रीय कमिटीको बैठक डाकेर पार्टी विभाजनको रेखा कोरेका हुन् ।
कम्युनिष्टको पछि नलाग्न कांग्रेसेले गरेको आग्रहलाई पनि नागरिक दैनिकले पहिलो पृष्ठमा छापेको छ ।




