राजनीति

कांग्रेस केन्द्रीय समिति बैठक जारी

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको छ । बैठकमा पछिल्लो राजनीतिक परिस्थिति र पार्टी महाधिवेशनको तयारीबारे छलफल हुने एक केन्द्रीय सदस्यले संकल्प खबरलाई जानकारी दिए ।

बैठकले प्रधानमन्त्री ओलीविरुद्ध रणनीति तयार पार्ने बताइएको छ

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उत्पन्न पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न बैठक बसेको हो। बैठकले प्रधानमन्त्री ओलीविरुद्ध रणनीति तयार पार्ने बताइएको छ ।

हिजो सोमबार कांग्रेसले नेकपाको प्रचण्ड–नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा) सँग छलफल गरेको थियो। उक्त छलफलमा तीनै दलले संयुक्त रुपमा सरकारका कदमबारे छलफल गर्न मंगलबार केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *