राजनीति

दिउँसो १ बजे कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको आज केन्द्रीय कमिटीको बैठक बस्दै छ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बोलाइएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

बैठकमा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधी सभा विघटन गरी नयाँ निर्वाचनको मिति घोषणा भएसँगै उत्पन्न विकसित राजनीतिक घट्नाक्रमका बारेमा बैठकमा छलफल हुने बताइएको छ । कांग्रेसले ओलीको कदमको विरोध गरेकोे छ ।

यस अघि सोमबार कांग्रेसकै पहलमा नेकपासहितका दलहरुसँग सर्वदलिय बैठक राखेको थियो । बैठकले ओलीको कदमलाई असंबैधानिक ठहर गर्दै हदैसम्मको प्रतिकार गर्ने बताएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *