राजनीति

संसद विघटन अलोकतान्त्रिक र असंवैधानिक भएको सर्वदलीय बैठकको ठहर

काठमाडौं । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले निर्णय अलोकतान्त्रिक र असंवैधानिक भएको ठहर सर्वदलीय बैठक गरेको छ । नेपाली कांग्रेसको पार्टी कार्यालय सोनपामा सोमबार साँझ सम्पन्न बैठकले यस्तो ठहर गरेको हो । बैठकमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूह र जनता समाजवादी पार्टीका नेताहरु सहभागी थिए ।

नेपाली कांग्रेसका नेता रमेश लेखकका अनुसार नेपाली कांग्रेसलगायत नेकपा र जनता समाजवादी पार्टीका नेताहरु कांग्रेस कार्यालयमा बैठक बस्यो, संसद विघटन गर्ने निर्णय अलोकतान्त्रिक र असंवैधानिक भएको ठहर ग-यो । सबै दलको केन्द्रीय कार्यसमितिका बैठक भोलि बस्ने भएकाले दलको निर्णयसहित अर्को बैठक छिट्टै बस्नेछ ।

संसद विघटन गर्ने निर्णय अलोकतान्त्रिक र असंवैधानिक भएकाले त्यसको ठटेर सामना गर्ने सर्वदलीय बैठकले निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । सबै दलको केन्द्रीय समितिको निर्णयपछि पुनः सर्वदलीय बैठक बस्ने उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *