रिबन

नेकपाका दुवै अध्यक्षले बोलाए केन्द्रीय समितिको समानान्तर बैठक

काठमाडौं । सत्तारुढ नेकपाका दुवै अध्यक्ष भोलि मंगलबारका लागि केन्द्रीय समितिको समानान्तर बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री केपी ओलीले मंगलबार बिहान ९ बजे केन्द्रीय समितिको बैठक बोलाएका हुन । ओलीले आह्वान गरेको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । यता कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले दिउसो १ बजे कार्की ब्यांक्वेट बबरमहल काठमाडौमा केन्द्रीय समिति बैठक बोलाएका छन् ।

प्रचण्ड–नेपाल पक्षले ओलीलाई अनुशासनको कारवाही गर्न केन्द्रीय समितिको बैठक बोलाएको हो । पार्टी कार्यालयवाटै दुई अध्यक्षका लागि दुई जना कर्मचारीले छुट्टाछुट्टै बैठकका लागि निम्ता गरेको एक केन्द्रीय सदस्यले बताए ।

प्रतिनिधिसभा विघटनसम्बन्धी प्रधानमन्त्रीको निर्णयले नेकपा विवाद उत्कर्षमा पुगेको छ । दुबैतर्फको बैठकले नेकपा विभाजन नजिक पुगेको बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *