रिबन

ओलीलाई कारबाही गरेको पत्र निर्वाचन आयोगमा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गरेको जानकारी पत्र निर्वाचन आयोगमा बुझाइएको छ । सोमबार नेकपा स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले अध्यक्ष ओलीलाई कारबाही गरिएको पत्र आयोगमा बुझाएका हुन् ।

आयोगलाई बुझाइएको पत्रमा अध्यक्ष ओलीलाई कारबाही गरिनुका सबै कारण समेत खुलाइएको छ । संसद विघटन गर्ने निर्णयपछि आइतबार दिउँसो बालुवाटारमा बसेको नेकपा स्थायी समिति बैठकले ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गर्दै अनुशासनको कारबाही गरेको थियो । सो निर्णयलाई आज निर्वाचन आयोगको कार्यालय पुगेर जानकारी गराइएको पोखरेलले जानकारी दिएका छन् ।

आजै संसद विघटनविरुद्ध नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहका ९० जना निवर्तमान सांसदले हस्ताक्षर संकलन गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *