ताजा समाचार

चर्चामा ओलीको असंबैधानिक कदम, सर्वाेच्च अन्तिम आशाकाे केन्द्र

आज राजधानीबाट प्रकाशित सबैजसो पत्रिकाका पहिलो पृष्ठ आइतबार भएको राजनितिक उथलपुथलको बारेमा मुख्य समाचार बनाइएको छ । भने प्रायसबै जसो पत्रिकाले आफ्नो सम्पादकियमा प्रधानमन्त्री केपी शर्मा ओलीको असंबैधानिक कदमबारे चर्चा गरेका छन् ।
सरकारी मुखपत्र गोरखापत्रबाहेक सबै पत्रिकाको विश्लेषणमा प्रम ओलीको कदम असंबैधानिक भएको ठहर छ ।
नागरिक दैनिकले आज पहिलो पृष्ठमा विशेष सम्पादकिय छापेको छ । असंबैधानिक यात्रा शिर्षकमा दुईतिहाई बहुमत प्राप्त सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री ओलीले संसद्को विघटन गर्दै बैशाखमा मध्यावधि निर्वाचन गर्ने अप्रिय निर्णय गरेको सम्पादकियमा उल्लेख छ ।
त्यस्तै नागरिक दैनिकले नेकपा फुटको संघारमा रहेको समाचारलाई पनि पहिलो पृष्ठमा स्थान दिएका छन् । दाहाल र नेपाल नेकपा भित्र बहुमतमा रहेको र दुबैले स्थायी कमिटि बैठक बोलाएको खबर छ । पौष ७ गतेको बैठकले ओलीलाई अनुशासनको कारवाही गर्ने समाचारमा उल्लेख छ ।

राजधानी दैनिकले कार्यकाल नसकिँदै प्रतिनिधि सभा विघटन शिर्षकमा ब्यानर समाचार बनाएको छ । भने त्यसभित्र ७ प्रधानमन्त्रीले संयुक्त राजिनामा दिएको समाचारलाई पनि उल्लेख छ । राष्ट्रपतिले समेत अनुमोदन गरिसकेको संसद् विघटनलाई अदालतले मात्र छिनोफानो गर्ने अन्तिम उपाय भएको समाचारमा उल्लेख छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटनको प्रस्ताव स्वीकृत गरेसँगै अबको अन्तिम निर्णय सर्वोच्च अदालतको कोर्टमा रहेको छ । संसद् विघटनको विरुद्ध रिट निवेदन परेमा दुई वटा प्रक्रियाबाट संवैधानिक इजलासमा सुनुवाइ हुनेछ । पहिलो सामान्य प्रक्रियाबाट जाँदा प्रारम्भिक सुनुवाइ हुनेछ । त्यसपछि एकल इजलासले संवैधानिक इजलासमा पठाउन आदेश गर्नेछ । दोस्रो प्रक्रिया भनेको सिधै संवैधानिक इजलासमा निवेदन दर्ता भएर सुनुवाइ हुनेछ

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *