समाचार

ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय, पुस ७ को केन्द्रीय कमिटी बैठकमा कारवाहीकाे प्रस्ताव पेश हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को स्थायी कमिटि बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्षलाई अनुशासनको कारवाहीका लागि सिफारिस गरेको छ ।

आइतवार बसेको स्थायी समिति बैठकले ओलीविरुद्ध आनुशासनको कारवाहीको प्रस्ताव केन्द्रीय समितिमा लैजाने निर्णय गरेको हो । नेकपाको केन्द्रीय समिति बैठक पुस ७ गते काठमाडौमा बस्ने भएको छ ।

यसै गरी आजको बैठकले स्थायीको रिक्त एक पदमा पूर्व सभामुख कृष्णबहादुर महरालाई नियुक्त गर्ने प्रस्ताव पनि केन्द्रीय समितिमा लौजाने निर्णय गरेको छ ।

प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको कदमको राजनीतिक प्रतिवादसंगै कानूनी उपचार खोज्ने निर्णय समेत स्थायी कमिटीले गरेको छ ।

स्थायी कमिटी बैठकमा केपी शर्मा ओली भने अनुपस्थित थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *