समाचार

सात मन्त्रीले दिए सामूहिक राजीनामा

काठमाडौँ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव कुमार नेपाल समुहका सात मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । संसद विघटनको विरोध गर्दै उनीहरुले आइतबार राजीनामा दिएका हुन् ।

राजीनामा दिनेहरुमा कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादव छन् ।

पूर्व माओवादीबाटै मन्त्री बनेका गृहमन्त्री रामवहादुर थापा बादल र उद्योगमन्त्री लेखराज भट्टले भने राजीनामा दिएनन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *