समाचार

राष्ट्रपतिद्वारा संसद विघटन, वैशाख १७ र २७ मा प्रतिनिधि सभा निर्वाचनकाे मिति ताेकियाे


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन । आइतवार विहान बसेको मन्त्रिपरिषद बैठकले संसद विघटनका लागि सिफारिस गरेको थियो ।

राष्ट्रपति भण्डारीले संसद विघटन गरेर ताजा जनादेशका लागि पहिलो चरणको निर्वाचन २०७८ वैशाख र दोश्रो चरणको निर्वाचन बैशाख २७ निर्वाचन तोकेकी छन ।


राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यास बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरिएको राष्ट्रपति कार्यलयद्वारा विज्ञप्तीमा उल्लेख छ ।

ताजा जनादेशका लागि नेपाली जनता समक्ष जान मिति २०७८ साल बैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल बैशाख २७ गते सोमबार दोस्रो चरणमा अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्न नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकबाट निर्णय भई सोही बमोजिम सम्माननीय प्रधानमन्त्रीबाट सिफारिस भएकोले उक्त सिफारिस बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी मिति २०७८ साल बैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल बैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्नु भएको राष्ट्रिपति कार्यालयका प्रवक्ता वद्रिनाथ अधिकारी द्वरा विज्ञप्तीमा उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *