काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनको सिफारिस असंवैधानिक भएको बताएका छन ।
सभापति देउवाले अधिनायकवाद उन्मुख कदमप्रति नेपाली कांग्रेसको गम्भीर असहमति भएको स्पष्ट पारेका हुन ।
संविधान विपरितको सिफारिस स्वीकार गर्न राष्ट्रपति बाध्य हुनु पर्ने अवस्था नरहेको समेत सभापति देउवाले सुझाएका छन ।
उक्त कदमको राजनीतिक प्रतिवाद गर्न नेपाली कांग्रेसले उपयुक्त रणनीति निर्माण १ बजे बस्ने पदाधिकारी र पूर्व पदाधिकारी बैठकले तय गर्ने सभापति देउवाले बताएका छन ।




