१,
कालो अँगुल्टो
ताततातो अँगेना
आगोको तातो राप ।
२,
कुदेको घोडा
लगाम फुस्किएछ
भित्ता भत्किन पुग्दा ।
३,
होचो पर्खाल
बजारिन पुगेछ्
मर्किएछ खुट्टा नै ।
४,
बाँधेको घोडा
चढ्न खोजेको मात्र
थचारियो भूइँमै ।
५,
आँपको कोया
चुस्दा फुत्किन खोज्ने
घिन लाग्दो माखा पो ।
६,
छुँदा नरम
अँठ्याउँदा आँसु नै
थिच्चिँदा त आवाजै ।
७,
टिप्न खोजेथेँ
सपना झस्किहाल्यो
पानी छिर्दा निथ्?क्कै ।
८,
धुङ्ग्रोले फुक्दा
दाउरा बल्न थाल्यो
कालो निकाल्दै माथि ।
९,
आँखा चिम्लिँदा
ढिक्का भएको रात
तातेको रातो झिर ।




