कला/साहित्य

तन्का कविता

१,
नियमित झै
पारिवारिक द्वन्द्व
निम्तेछ शत्रु
बेकाम बसिराख्दा
जिस्कायो भाग्यले ।

२,
जाडो महिना
चिसोले सताउँदा
खोजेछ न्यानो
एक्लो हुँदाको दृश्य
अत्यासले तर्सायो ।

३,
ऋषि पञ्चमी
बलामी समाजमा
बालबिबाह
चेतनाको अभाव
अङ्गाल्दै अपराध ।

४,
सुपारी आँप
कोया चुस्दाचुस्दैमा
लाटियो जिब्रो
सानो हुँदा तिखर
खाइएछ मज्जाले ।

५,
कलिलो काक्रो
चिरा पारेर खादा
स्वादै मीठास
थाकेछ काट्दाकाट्दै
भिजेछ दुबै हात ।

६,
रातो खुर्सानी
स्वाद लिदै टोकेको
तात्यो शरीर
खलखली पसिना
समाल्न खोज्दा खोज्दै ।

७,
आँखा चिम्लदै
छिटो छिटो हिडेको
जहाँको त्यही
पसिनाले निथ्रुक्क
थकाई नै आनन्द ।

८,
पुर्खाको देन
खोतल्दै इतिहास
तान्यो विवाद
लिपिबद्ध नहुँदा
गुमेछ पहिचान ।

९,
गर्छु कुतर्क
सम्झन्छ जान्नेसुन्ने
पचाएँ लाज
जागेर बौद्धिकता
तोडिएको घमण्ड ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *