राजनीति

प्रधानमन्त्री ओलीद्वारा संवैधानिक परिषद्को बैठक आह्वान, प्रतिपक्षी दलका नेता देउवा सहभागी नहुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले बिहीबार साँझ ५ः३० बजे बैठक आह्वान गरेका हुन् । विवादित संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने सहमति भएसँगै प्रधानमन्त्री ओलीले बैठक आह्वान गरेका हुन् ।

बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी हुँदैनन, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा भने, ‘प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक बोलाएको जानकारी प्राप्त भएको छ । प्रधानमन्त्रीले अध्यायदेश फिर्ता नगरेसम्म प्रतिपक्षी दलका नेता बैठकमा सहभागी हुने छैनन् ।’

प्रधानमन्त्रीले अध्यायदेश फिर्ता नगरेसम्म प्रतिपक्षी दलका नेता बैठकमा सहभागी हुने छैनन्

नेपाली कांग्रेसको हिजो बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले अध्यायदेश फिर्ता लिन माग गरेको थियो । अध्यादेश फिर्ता नभएसम्म प्रतिपक्षी दलको नेता संवैधानिक परिषद्को बैठकमा सहभागी नहुने निर्णय गरेको थियो । संवैधानिक परिषदमा विपक्षी दलको नेता अनिवार्य हुनुपर्ने कानुनी व्यवस्था छ ।

संवैधानिक परिषद्मा प्रधानमन्त्रीको अध्यक्षतामा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता र प्रतिनिधिसभाका उपसभामुख सदस्य रहने व्यवस्था छ। उपसभामुख पद लामो समयदेखि रिक्त छ । बैठक बस्न परिषदका ६ सदस्यमध्ये कम्तीमा ५ जना उपस्थित हुनुपर्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *