काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् संशोधन अध्यायदेश ल्याएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद चरमोत्सर्षमा पुगेको छ । पार्टीमा परामर्स नगरेरै अध्यक्षसमेत रहेका ओलीले अध्यादेश ल्याएपछि असन्तुष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरु खुमलटारमा छलफलमा जुटेका हुन् ।
एक सचिवालय सदस्यले प्रधानमन्त्री ओलीले पार्टी बैठक चलिरहेका बेला गैरसंवैधानिक तरिकाले अध्यादेश ल्याएपछिको अवस्थाका विषयमा छलफलमा जुटेको जानकारी दिए ।
खुमलटार छलफलमा प्रचण्डसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ सहभागी छन् ।




