आज राजधानीबाट प्रकाशित सबै पत्रपत्रिकामा सोमबार कांग्रैसले देशभर गरेको शक्ति प्रदर्शनबारे फोटोसहितको समाचारलाई पहिलो पृष्ठमा प्राथमिकता दिएर छापेको छ ।
नागरिक दैनिकले कांग्रेसको देशव्यापी प्रदर्शन शिर्षकमा फोटोसहितको मुख्य समाचार छ भने अन्नपूर्ण पोस्ट्ले पनि कांग्रेसको शक्ति प्रदर्शन शिर्षकमा पहिलो पृष्ठमा समाचार छापेको छ । त्यस्तै राजधानी दैनिक र कान्तिपुर दैनिकले पनि कांग्रैसकै प्रदर्शनको समाचारलाई पहिलो पृष्ठमा मुख्य प्राथमिकताको साथ छापेको छ ।
नागरिक दैनिकले पहिलो पृष्ठको पुच्छारमा टिकटकले उदांगिदै गोपनियता शिर्षकमा समाचार लेखेको छ । रमाइलो गर्ने र भाइरल हुने बहानामा केही व्यक्तिले जथाभाबी भिडियो बनाएर ‘अपलोड’ गर्दा व्यक्तिगत र संगठनात्मक गोपनीयता उदांगो भइरहेको प्रहरीको ठहर छ। नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार कार्यालयभित्रै भिडियो बनाउने, बैंकका कर्मचारीले फाइल, पैसा र डकुमेन्टजस्ता सामग्री भिडियोमार्फत सार्वजनिक गर्ने, प्रहरी र नेपाली सेनाको बर्दीको प्रयोग गर्ने, ड्युटीमै भिडियो बनाउने, चित्त नबुझेका व्यक्तिको अश्लील भिडियो अपलोड गरिदिने प्रवृत्ति बढेको समाचारमा उल्लेख छ ।
त्यसैगरि उखुँ किसानको समस्या र आन्दोलनलाई पनि पहिलो पृष्ठमा छापेको छ । आन्दोलनरत उखु किसानले भनेः उधारो वार्ता गर्दैनौं शिर्षकमा समाचार लेखेको छ । चिनी उद्योगीले वर्षौंदेखिको करिब ९० करोड रूपैयाँ बक्यौता नतिरेको भन्दै राजधानीकेन्द्रित आन्दोलनमा उत्रिएका उखु किसानले उधारो वार्ता नगर्ने बताएका छन्।
अन्नपूर्णले सरकारले उखुँ उद्योगलाई ताकेता गरेको समाचारलाई छापेको छ । उखुँ किसानको बक्यौता तिरेको प्रमाण मंगलबारसम्म उपलब्ध गराउन उद्योगीलाई निर्देशन गरेको छ ।




